पोखरा १४ र १५ वडास्तरीय फुटबलको उपाधि नजिक
पाेखरा | जेठ १०, २०८०
पोखरा: पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि पोखरा महानगरपालिका वडा नं। १४ र १५ भिड्ने भएका छन् ।
पोखरामा आज (बुधबार) सम्पन्न भएको सेमिफाइलनमा खेलमा पोखरा महानगरपालिका १५ ले ३० लाई र पोखरा १४ ले २७ नम्बर वडालाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका वडा नं. १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए । खेलको अतिरिक्त समयमा १५ का सचिन भण्डारीले टोलीका लागि विजयी गोल गरेका थिए ।
यस्तै बुधबार नै सम्पन्न भएको दोस्रो सेमिफाइलन खेलमा पोखरा महानगरपालिका वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नं. १४ का आशिष र नरेनले २–२ गोल गर्दै टोलीलाई फाइनल पु¥याएका थिए ।
पोखरा महानगरपालिका १४ का आशिष कार्कीले टोलीको लागि खेलको १७ औ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।
पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका भोलि पोखरा महानगरपालिका १४ र १५ पोखरा रंगशालामा ११ बजे भिड्ने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

